• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले धनुषाको अधिवेशनमा दुई पक्षबीच कुटाकुट

  • खबरदाता

एमाले धनुषाको अधिवेशनमा दुई पक्षबीच कुटाकुट

नेकपा (एमाले)का दुई पक्षबीच धनुषामा झडप भएको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनका क्रममा मंगलबार (वैशाख २३) झडप भएको हो । झडपक्रममा केही नेता–कार्यकर्ता घाइते भएका छन् ।

अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयमा दुई पक्षबीच विवाद भएको थियो । विवाद उग्र र जनकपुरस्थित अधिवेशनस्थलमा झडपसम्म भयो ।

यही वैशाख २० गतेदेखि अधिवेशन जारी छ । पार्टीको आन्तरिक विवाद भएको र हाल अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं एसपी नरहरि रेग्मीले बताए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो । भोला यादव र लक्ष्मीनारायण यादवले एमालेको धनुषा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

  • प्रकाशित मिति : वैशाख २३, २०८२, मंगलवार १६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८