• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्वार्थ समूहका लागि सरकारले कानुनी रूपमै ढोका खोल्यो : प्रचण्ड

  • खबरदाता

स्वार्थ समूहका लागि सरकारले कानुनी रूपमै ढोका खोल्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममा सरकारले स्वार्थ समूहलाई प्राथमिकता दिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालका लागि समृद्धिका लागि आवश्यक कार्यक्रममा सरकारले कैँची चलाएको बताएका हुन् ।

ग्रामीण भेगका कृषक र जनताको भावना विपरीत नीति तथा कार्यक्रम बनेको पनि उनले बताए । “सरकारले जनतासँग प्रत्यक्ष जनतासँग जोडिएका समुदाय जोडिएका र प्रत्यक्ष लाभ दिने नेपालको समृद्धिका लागि अति आवश्यक कार्यक्रममाथि पनि कैँची चलाएको छ,” उनले भने, “तर, स्वार्थ समूहका लागि भने कानुनी रूपमा नै ढोका खोल्ने काम गरेको छ ।”

त्यस्तै, भूमाफियालाई फाइदा हुनेगरी सरकारले नीति बनाएको पनि उनले बताए । “उदारवादी कृषि उत्पादनबाट आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न सकिन्न, तथ्यलाई उपेक्षा गर्दै भूमाफिया र बिचौलियालाई लाभ हुनेगरी नीतिगत प्रस्ताव गरेको छ,” उनले भने, “स्थानीय तहबाट हुन सक्ने व्यवस्थालाई किन केन्द्रीकृत तहको आवश्यकता परेको हो रु मैले बुझ्न सकेको छैन ।”

गत बजेटबाट प्रस्ताव गरेका कार्यक्रम पनि यो सरकारले फालेको उनले बताए । उत्पीडित, दलित र उपेक्षित समूहलाई यो सरकारले प्राथमिकतामा राख्न नसकेको उनले बताए।

  • प्रकाशित मिति : वैशाख २२, २०८२, सोमवार १५:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८