राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन हिरासतमा राख्न आइतबार अदालतबाट म्याद थप गरिएको छ । प्रहरी हिरासतमा रहेका उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहित केही व्यक्तिलाई फरक मिति र स्थानबाट पक्राउ गरिएको थियो । मिश्रले संसद् भवन बानेश्वरतिर अघि बढ्न आन्दोलनकारीलाई उक्साएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८