• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

  • खबरदाता

आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मे १ तारिख। मजदुर दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन सामान्य राम्रो छ। मनमा खटपटी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृष – दिन राम्रो छ। सोचेको काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट नाफा हुने योग छ। विदेशमा गरेको लगानी र व्यापारबाट फाइदा हुनेछ।

मिथुन – दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट – आफन्तसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ। तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह – दिन सामान्य छ। मिहिनेत गरेर सुरुवात गरेको योजना दीर्घकालसम्म रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या – दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। यात्राले मनमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा आर्जन हुने योग रहेको छ।

तुला – दिन राम्रो छ। औषधी नियमित गर्न सके स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक – बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वको साथ मिल्नेछ।

धनु – दिन सामान्य छ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। साना कुराले झन्झट थपिनेछ। विपक्षी साथी कमजोर बन्दा केही योजना सफल बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ।

मकर – आफ्नो ख्याल आफैं गर्नुपर्नेछ। विरोधी साथीसँग सचेत बन्नुपर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ – दिन राम्रो छ। विपक्षी भनेका साथीको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने योग छ।

मीन – बोलीमा सुधार गर्नुपर्ने दिन छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। अग्रजसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ।

  • प्रकाशित मिति : वैशाख १८, २०८२, बिहीवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८