नेपाल शिक्षक महासंघले तोकिएको समयमा शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार साँझ मन्त्रिपरिषद् बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँगको सहमतिपछि अहिलेलाई आन्दोलन स्थगित गरिएको तर असार १५ भित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने बताएका हुन् ।
उनका अनुसार, संसदीय समितिका सभापति र सत्ता साझेदार दलका प्रमुख सचेतकको लिखित प्रतिबद्धता तथा मन्त्रिपरिषद्को निर्णयपछि शिक्षक आन्दोलन स्थगित गरिएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८