• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन

  • खबरदाता

रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन

रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र अहिलेसम्म सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ।

सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा त्यो पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेको बताइएको छ ।

‘हाम्रा पनि विभिन्न शाखाहरू छन् हामीले त्यो पत्रको विषय खोजी गरिरहेका छौँ कहाँबाट पठाइयो पठाइयो अहिलेसम्म भेटिएको छैन ।’ सर्वोच्च स्रोतका अनुसार सबै शाखामा उक्त  पत्रबारे खोजी भइरहेको छ ।

रेशमलाई दिएको आममाफीको बदर गर्ने निर्णयबारेको पत्र मुद्दा शाखाका अधिकृत महिमान सिंह बिष्टले आफैँले हस्ताक्षर गरेर पत्र पठाएको प्रहरी स्रोतको भनाइ छ । यदि ढड्डामा पत्र नभेटिए रेशम आज नै छुट्न सक्ने अवस्था देखिन्छ ।

  • प्रकाशित मिति : वैशाख १७, २०८२, बुधवार १५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८