• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

  • खबरदाता

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । उन्मुक्ति पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी नेताहरूले बताएका छन्।

यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको सांसद लालवीर चौधरीको भनाइ छ।

चौधरीले भने, ‘सरकारले प्रतिशोध साँधेपछि हामीले सरकारबाट बाहिरिने तयारी गरेका छौँ। आज बेलुकासम्ममा निर्णय आउँछ।’

नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक राज्यमन्त्री छन्। उनले आजै राजीनामा दिने बुझिएको छ।

 

  • प्रकाशित मिति : वैशाख १७, २०८२, बुधवार १५:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८