• असार १२, २०८३, शुक्रवार Friday, 26 June, 2026

झडपपछि आकस्मिक बैठकमा महासंघ

  • खबरदाता

झडपपछि आकस्मिक बैठकमा महासंघ

काठमाडौंकेन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । आइतबार ९वैशाख १४० दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

“आकस्मिक बैठक ३ बजे बोलाइएको छ । अहिले आन्दोलनमै छौँ । हाम्रा कैयौँ साथीहरू घाइते भएका छन्,” उनले  भने ।

गएको चैत २० गतेयता शिक्षकको आन्दोलन माइतीघर–बानेश्वरकेन्द्रित छ । आइतबार शिक्षक निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । शिक्षकले ढुंगा समेत प्रहार गरेको र एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख १४, २०८२, आइतवार १४:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८