• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शिक्षकको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघका विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ

  • खबरदाता

शिक्षकको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै  नेविसंघका विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ

नेपाल शिक्षक महासंघको काठमाडौंमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा उत्रिएका सत्तारुढ नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू पक्राउ परेका छन् ।

शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, जितेन्द्र तिमिल्सिना ९आर।आर ।क्याम्पस इकाई सभापति०, सुमित भट्टराई, मनिष भट्टराई, आदर्श तिवारी र हिमाल बिष्ट रहेका छन् ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले शान्तिपूर्ण प्रदर्शन आफूहरूको अधिकार भएको भन्दै दमनको जवाफ आन्दोलनले दिने बताए । उनले पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइ नभएसम्म संघर्ष नरोकिने पनि बताए ।

‘शिक्षा ऐन, विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्नुपर्ने, शिक्षामा अनावश्यक हस्तक्षेप बन्द गर्नुपर्ने, शिक्षकहरूको जायज माग सम्बोधन गर्नुपर्ने विषयमा शान्तिपूर्ण रूपमा आवाज उठाउँदा साथीहरूलाई गिरफ्तार गर्नु निन्दनीय र अलोकतान्त्रिक कार्य हो,’ उनले भने ।

प्रवक्ता सेजुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक हस्तक्षेप, निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईमाथिको अवरोध र विश्वविद्यालयको स्वायत्ततामाथिको हमलाविरुद्ध बालुवाटार अगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल बिनासर्त रिहाइ गरिनुपर्ने पनि बताए ।

  • प्रकाशित मिति : वैशाख ११, २०८२, बिहीवार १९:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८