• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

नेपाल रोकियो, अफगानिस्तान पुग्यो विश्वकपमा

  • खबरदाता

नेपाल रोकियो, अफगानिस्तान पुग्यो विश्वकपमा

आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको शनिबार ९वैशाख ६०को खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको यात्रा रोकिएको छ । अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ ।

काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन । त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।

यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो । खेल नहुँदा दुवै टिमले एकरएक अंक प्राप्त गरे । त्यो नै अफगानिस्तानलाई काफी भयो ।

नेपालले गएको बुधबार तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । नेपालले त्यसअघि ओमानलाई आठ विकेटले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले विजयी भएको थियो ।

  • प्रकाशित मिति : वैशाख ६, २०८२, शनिवार १५:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८