भरतपुर- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् ।
पुलचोक– गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी छिन् ।
‘सडक विस्तारका क्रममा धेरै अवरोध आएको थियो, त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेका कारण यो सडक सफल रूपमा सम्पन्न भयो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले भरतपुरको ‘डेभलोपमेन्ट आइकन’ ६ लेनको सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएकी हुन् ।
सो नमुना सडकको आज उद्घाटन गरिएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८