• वैशाख ७, २०८३, सोमवार Monday, 20 April, 2026

शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा रोकिदैन : परीक्षा बोर्ड

  • खबरदाता

शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा रोकिदैन : परीक्षा बोर्ड

शिक्षकको आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारी गरेको जनाएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सबै विद्यार्थीलाई परीक्षाको तयारीमा लाग्न र अभिभावक तथा अन्य सरोकारवाला पक्षले समन्वय र सहयोग गर्ने अपेक्षा व्यक्त गरेको छ ।

बोर्डले आफ्नो पेसागत हकहित र सुरक्षासँगै आफ्ना विद्यार्थीको भविष्यको लागि उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको लागि शिक्षक महासंघ र शिक्षकहरूमा आग्रह गरेको छ ।

‘आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेबारीमा रही सदा झैँ सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ’, बोर्डको सूचनामा उल्लेख छ ।

  • प्रकाशित मिति : वैशाख ५, २०८२, शुक्रवार १५:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८