• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

नेपाल सुपर लिग : आज चितवन र ललितपुर खेल्ने

  • खबरदाता

नेपाल सुपर लिग : आज चितवन र ललितपुर खेल्ने

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरको एक जित र दुई बराबरीसहित पाँच अङ्क छ ।

यही चैत १६ गतेदेखि जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी छन् ।

  • प्रकाशित मिति : चैत २८, २०८१, बिहीवार ०७:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८