• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुर्गा प्रसाईंलाइ तीनकुनेबाट भगाउने स्कार्पियो इटहरीमा बरामद

  • खबरदाता

दुर्गा प्रसाईंलाइ तीनकुनेबाट भगाउने स्कार्पियो इटहरीमा बरामद

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी फेला पारेको छ । उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी फेला पारेको हो ।

उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार उक्त गाडी इटहरीमा फेला परेको हो । इटहरीबाट उक्त गाडी काठमाडौं ल्याइएको छ ।

बा४२०८ नम्बरको स्कारपियो गाडी काठमाडौं ल्याएको हो । प्रहरीले उक्त गाडीमा दुर्गा प्रसाईं सवार थिए कि थिएनन् भन्नेबारे भने थप अनुसन्धान जारी राखेको छ ।

चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईं थिए । उनकै कमान्डमा रहेको प्रदर्शन अराजक बन्दा २ जनाको ज्यान गएको थियो ।

त्यस्तै, विभिन्न ठाउँमा लुटपाट मच्चिएको थियो । प्रहरी अधिकारीले भने प्रसाईं भागेर भारत पुगेको दाबी गरेका छन् ।

दुर्गा कुन बाटो हुँदै भारत पुगे भन्नेबारेमा भने अनुसन्धानमा संलग्न अधिकारी नै एकरूपता हुन सकेका छैनन् ।

केही अधिकारीले ललितपुर फर्सीडोल हुँदै पर्सा र चितवनको ठोरी हुँदै भारत भागेको दाबी गरेका छन् । तर, केही अधिकारीको दाबी भने झापाको बाटो प्रयोग गरेर भारत पुगेको भन्ने छ ।

  • प्रकाशित मिति : चैत २१, २०८१, बिहीवार १९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८