• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी

  • खबरदाता

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् ।

जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे ।

उनले एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे । सिद्धान् ७८१ मतसहित दोस्रो भए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको थियो । यहाँ विद्युतीय मेशिनमा मत खसालिएकाले नतिजा पनि चाँडो आएको हो ।

यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो । विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपनि सोमबार निर्वाचन भएको हो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सवै विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारी परेको थियो । क्याम्पसमा ६ हजार बढि विद्यार्थी मतदाता थिए । तर आधा मात्रै मतदान भएको थियो ।

अन्तिम परिणाम

नेविसंघ (दीपक राज जोशी)- ७८९
अनेरास्ववियु (सिद्धान्त भट्ट )-७८१
क्रान्तिकारी (प्रविन दाहल)-२७
स्वतन्त्र (पद्मा भुषाल)-१६६
स्वतन्त्र (उज्ज्वल खड्का)-७१७

  • प्रकाशित मिति : चैत १८, २०८१, सोमवार २०:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८