• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुर्गा प्रसाईं अझै पक्राउ परेनन्

  • खबरदाता

दुर्गा प्रसाईं अझै  पक्राउ परेनन्

राजावादी आन्दोनलका कमान्डर दुर्गा प्रसाईंलाई सरकारले अझै पक्राउ गर्न सकेको छैन । २१ घण्टा बिते पनि प्रसाईंलाई सरकारले पक्राउ गर्न सकेको छैन ।

मोबाइल स्वीचअफ गरेर फरार भएका प्रसाईंको अन्तिम लोकेसन पत्ता लगाए पनि प्रहरीले उनलाई दिउँसो १ बजेसम्म पक्राउ गर्न नसकेको बताएको छ ।

प्रहरीका अनुसार उनको अन्तिम लोकेसन ललितपुरको भैंसेपाटी देखिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार प्रसाईं हिजो साँझसम्म धर्मगुरु पुस्कर खतिवडाको घरमा थिए । त्यहाँबाट निस्किएका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । गृहमन्त्री रमेश लेखकले पनि प्रसाईं छिट्टै पक्राउ पर्ने बताएका छन् ।

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परिसकेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ।

  • प्रकाशित मिति : चैत १६, २०८१, शनिवार १३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८