• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पूर्वराजाको स्वागतसँगै काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राजावादी समूह

  • खबरदाता

पूर्वराजाको स्वागतसँगै काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राजावादी समूह

काठमाडौं । करिब एक महिना पोखरामा बिताएर काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतसहित शक्ति प्रदर्शनको तयारी गरिएको छ । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्न लागिएको जनाइएको छ ।

पूर्वराजा शाह दिउँसो काठमाडौं ओर्लिनासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्‍याउने तयारी गरिएको राजावादी समूहले जनाएका छन् ।

राप्रपाले काठमाडौंका टोल टोलमा सन्देशमूलक कार्यक्रम आयोजना गर्दै पूर्वराजाको स्वागतका लागि उपस्थित हुन अनुरोध गरेको सो पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जनाएका छन् ।

उनका अनुसार सबै नगरपालिकामा पुगेर राप्रपाका कार्यकर्ताले राष्ट्रिय झन्डा लिएर विमानस्थलमा स्वागत गर्न निम्ता दिएको बताएका छन् । संवैधानिक राजतन्त्र स्थापनाका लागि आफूहरुको आन्दोलन भएको उनीहरुको धारणा छ ।

यसैबीच काठमाडौंमा सुरक्षाअवस्था कडा गरिएको छ । राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

 

  • प्रकाशित मिति : फागुन २५, २०८१, आइतवार १०:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८