• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संविधान उल्टाउने खेल सफल हुन दिन्नौँ : प्रचण्ड

  • खबरदाता

संविधान उल्टाउने खेल सफल हुन दिन्नौँ : प्रचण्ड

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् ।

‘जनतासँग माओवादी तराईरमधेस जनजागरण अभियान’अन्तर्गत शनिबार ९फागुन १७० सिरहा सदरमुकाममा आयोजित सभामा उनले दशवर्षे ‘जनयुद्ध’को जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए ।

“अहिले सरकारमा रहेका दलहरू नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार संकुचित गर्ने, दुईदलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ,” अध्यक्ष प्रचण्डले भने ।

उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान थालेको बताए । मधेसी जनताको आत्मसम्मानका निम्ति आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उनले उल्लेख गरे । रासस

  • प्रकाशित मिति : फागुन १७, २०८१, शनिवार २०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८