• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

आज नेपाल र म्यानमारबीच उपाधिका लागि भिडन्त

  • खबरदाता

आज नेपाल र म्यानमारबीच उपाधिका लागि भिडन्त

काठमाडौं– अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ ।

फाइनल खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

चार देश सहभागी च्याम्पियनसिपमा म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

म्यानमारले लिग चरणका तिन खेलमा दुई जित र एक बराबरीसहित ७ अङ्क हासिल गरेर शीर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।

त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अङ्क नै रहेको थियो । तर गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यानमारसँग बराबरी खेलेको थियो ।

  • प्रकाशित मिति : फागुन १४, २०८१, बुधवार ०९:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८