• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी : डा. शेखर

  • खबरदाता

सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी : डा. शेखर

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका छन् । जीपी फाउन्डेसनले भक्तपुरमा गरेको कार्यक्रममा नेता कोइरालाले हिजो कांग्रेसले संसद्‍बाट फिर्ता गराएको विधेयक कांग्रेस सरकारमा भएकै बेला आउनु दुःखद भएको बताए ।

“सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको छ । हामीले के बिर्सियौँ भने ओलीजी प्रधानमन्त्री हुँदा गोकुल बाँस्कोटाजीले ल्याएको विधेयक नै अहिले ल्याइएको छ,” कोइरालाले भने, “हामीले नै त्यसबेला त्यो विधेयक फर्काएका हौँ । अहिले त्यही विधेयक ल्याउने भए किन फर्कायौँ ?”

कोइरालाले अध्यादेश सरकार अप्ठ्यारोमा पर्ने बाध्यात्मक अवस्थामा ल्याउनुपर्ने भन्दै सहजताका लागि अध्यादेश जारी गर्नु लोकतान्त्रिक नभएको बताएका थिए ।

  • प्रकाशित मिति : माघ २८, २०८१, सोमवार १५:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८