• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

एलिना चौहानले दायर गरिन् सम्बन्धबिच्छेद मुद्दा

  • खबरदाता

एलिना चौहानले दायर गरिन् सम्बन्धबिच्छेद मुद्दा

गायिका एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।

गत ५ वैशाखमा एलिना र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको र्चा थियो ।

सम्बन्धबिच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शंकाउपशंका गरेको, काममा बाधा दिएको, चरित्रमाथि शंका गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।

  • प्रकाशित मिति : माघ १८, २०८१, शुक्रवार १६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८