• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

  • खबरदाता

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

झापा – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको हो ।

आक्रमणबाट थापा घाइते भएका छन् । उनको आँखामा चोट लागेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरकोगाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो । थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।

कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इप्रका बिर्तामोडमा राखिएको छ ।

नेपाली कांग्रेस झापाले घटनाको निन्दा र भत्सर्ना गरेको छ । नेपाली कांग्रेस झापा सचिव नवीन विमलीले सांघातिक आक्रमण गर्ने कटुवाल र श्रेष्ठलाई कानुनी कारबाहीको माग गरेका छन् । भोलि बिहान पत्रकार सम्मेलन गरेर घटनाको थप जानकारी गराइने बताइएको छ ।

  • प्रकाशित मिति : माघ ६, २०८१, आइतवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८