• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

  • खबरदाता

देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • प्रकाशित मिति : माघ ३, २०८१, बिहीवार ०६:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८