• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हारेको छैन, लडाइँ जारी रहन्छ-दुर्गा प्रसाईं

  • खबरदाता

हारेको छैन, लडाइँ जारी रहन्छ-दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं शुक्रबार साँझ रिहा भएका हुन् ।

रिहा भएपछि प्रसाईंले अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाइँ जारी रहने बताए ।

‘यो मेरो जुन लडाइँ छ, तस्करहरूसँगको लडाइँ, यो जारी रहनेछ । यो लडाइँबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा वर्ग, भुइँ मान्छेहरूको बोली हो, उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरूले बोल्ने बोली आज मैले बोल्नुपरेको छ, प्रसाईंले भने ।

बाहिरिने क्रममा प्रसाईं आफ्नो जित भएको बताए । “म हारेको छैन है । यो हारेको होइन नि फेरि । यो मैले जितेको हो, यो तपाईंहरूको जित हो,” गाडीमा सवार प्रसाईंले समर्थकहरूलाई भने ।

  • प्रकाशित मिति : पुस ५, २०८१, शुक्रवार २०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८