मलेसियामा जारी अन्डर (१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली सुपर ४ चरणमा प्रवेश गरेको छ ।
मलेसियाको बायुमास ओभलमा भएको आजको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सुपर ४ चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा अझै एक खेल खेल्नै बाँकी छ । बाँकी एउटा खेल नेपालले भारतविरुद्ध खेल्नेछ ।
आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८