• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

 लामिछानेबारे बुझ्न आईजीपी कुँवरलाई आयोगले बोलायो

  • खबरदाता

 लामिछानेबारे बुझ्न आईजीपी कुँवरलाई आयोगले बोलायो

राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएको बुधबार चितवनबाट रातारात पोखरा पुर्‍याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई बोलाइएको आयोगकी सदस्य डा. लिली थापाले जानकारी दिइन् ।

आईजीपी कुँवरलाई आजै आयोगमा बोलाइएको उनले बताइन् ।

  • प्रकाशित मिति : मंसिर २४, २०८१, सोमवार १३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८