भरतपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा दुई जना घाइते भएका छन।
प्रहरीले जनाए अनुसार आज बिहान शुक्रवार ६ बजेको समयमा भरतपुर ४ को यज्ञपुरीचोक उक्त दुर्घटना भएको हो।
चौबीसकोठीबाट रामपुर तर्फ आउदै गरेको ना १ क ४१५८ नं.को बस र रामपुरबाट चौबीसकोठी तर्फ जादै गरेको ना २९ प ६७०० न.को मो.सा.एकआपसमा ठक्कर खाइ दुर्घटना हुदा मो.सा. चालक जि. चितवन भरतपुर म.न.पा. १७ शारदानगर टाउन बस्ने वर्ष २३ को सफल सि.के.र सोही मो.सा.पछाडी सवार ऎ.ऎ। बस्ने वर्ष २१ कि अस्मिता थापा घाइते भएका हुन। उनिहरुको मध्यम अबस्थामा नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुबै सवारी साधन र बस चालक जि। चितवन भरतपुर म।न।पा। २७ पर्साढाप बस्ने बर्ष ४६ को मुक्ती प्रसाद जोशी प्रहरीको नियन्त्रणमा छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८