[ फाेटाे : ब्याटिङ गर्दै जनकपुर बोल्ट्सका क्याप्टेन साह काठमाडौँ, १७ मङ्सिरः कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सविरूद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्सका क्याप्टेन अनिलकुमार साह । तस्बिरः प्रदीपराज वन्त÷रासस ]
नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।
जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन् । उनले अविजित ६३ रन प्रहार गरेका थिए । ४२ बलमा उनले ३ छक्का र ६ चौका प्रहार गरे । टिमको सार्वाधिक रन बनाउने पनि उनै हुन् ।
त्यस्तै अर्का ओपनरले पनि उत्कृष्ट सुरुवात गरेका थिए । २ छक्का २ चौकाको मद्दतमा उनले २९ बलमा ३६ रन जोडे । देव खनालले उनलाई मौसम ढकाल मार्फत क्याच आउट गराए ।
लाहिरू मिलन्थाले टिमको जितका लागि २४ रनको जोडे । १३ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे । जेम्स नीशमले अविजित १६ रन जोडे । ८ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।
कर्णालीका लागि जिशान मकसूद १ विकेट लिए ।
यो जनकपुरको दोस्रो जित हो । उद्घाटन खेल अर्थात् शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजीत गरेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८