• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नलगाढ नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्र निर्वाचित

  • खबरदाता

नलगाढ नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्र निर्वाचित

जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगका अनुसार उनले ४ हजार २७२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका इन्दा चन्द्र (सिंह)ले ३ हजार १४७ मत प्राप्त गरिन् ।

एमालेकी सुनिता बोहोराले २ हजार ५४२ मत ल्याएकी छन् । भूकम्पमा परी कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । ०८० कात्तिक १७ गतेको भूकम्पमा उनको निधन भएपछि पद रिक्त भएको थियो ।

  • प्रकाशित मिति : मंसिर १७, २०८१, सोमवार ०८:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८