• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु

  • खबरदाता

रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु

लिवाङ- रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो ।

सुनछहरी-३ बाहिरी गाममा निर्माणाधीन गाजधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा बनाउँदै गरेको पर्खालले उनीहरू सबैलाई किचेको थियो । किचिएकामध्ये चारजनाको शव निकालिएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले आइतबार दिउँसो जानकारी दिएको छ ।

सुनछ्हरी स्थानीय विपद व्यवस्थापन समिति, पोबाङका अनुसार यसरी ज्यान गुमाउनेहरूमा एकैघरका चारजना छन् । तर उनीहरू एकै घरका को-को हुन् भन्ने खुलिसकेको छैन ।

  • प्रकाशित मिति : मंसिर १६, २०८१, आइतवार १४:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८