• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

भरतपुर सबैभन्दा ‘प्रदूषित’, काठमाडौं ‘अस्वस्थकर’

  • खबरदाता

भरतपुर सबैभन्दा ‘प्रदूषित’, काठमाडौं ‘अस्वस्थकर’

वायुको गुणस्तरका आधारमा बिहीबार चितवनको भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० १६५ पुगेको वातावरण विभागले जनाएको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ । यी तीनै सहर ‘अस्वस्थकर’को वर्गमा परेका छन् । रत्नपार्कमा बिहीबार अपराह्न १२ बजेको एक्यूआई १५३ छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो, उति हानिकारक मानिन्छ ।

  • प्रकाशित मिति : मंसिर १३, २०८१, बिहीवार १३:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८