• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

फोटो खिच्ने क्रममा चिप्लिएर माडीको बैकुण्ठ तालमा एक युवक बेपत्ता

  • खबरदाता

फोटो खिच्ने क्रममा चिप्लिएर माडीको बैकुण्ठ तालमा एक युवक बेपत्ता

फोटो खिच्ने क्रममा चिप्लिएर तालमा खस्दा भरतपुरका एक युवा बेपत्ता भएका छन।

चितवन प्रहरीले जनाए अनुसार आज बिहान ११:५० बजेको समयमा चितवनको माडीमा रहेको बैकुण्ठ तालमा खसेर भरतपुर – १६ का ३५ वर्षिय अर्जुन गौतम बेपत्ता भएका हुन।

घुम्नको लागि परिवारहरु सहित गएका गौतम बैकुण्ठ ताल नजिक रहेको ढुंगामा चडेर फोटो खिच्ने क्रममा तालमा खसेको प्रहरीले जनाएको छ।

हाल उनको खोजतलास भइरहेको छ।

  • प्रकाशित मिति : कात्तिक २२, २०८१, बिहीवार १५:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८