चितवनको भरतपुरमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खादा एक जनाको मृत्य भएको छ भने अन्य दुइजना घाइते भएका छन् ।
बोलेरो गाडी,मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
प्रहरीले जनाए अनुसार आज बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मणचोकमा प्र ३–०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोका ३७ वर्षिय रामकुमारी गुरुङको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँका ३१ वर्षिय सोजन शेरचन र मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका २४ का ३१ वर्षिय हरिशरण थापामगर घाइते भएका छन । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले तीनवटै सवारी साधन र बोलेरोका चालकलाई नियन्त्रणमा लिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८