• माघ २, २०८२, शुक्रवार Friday, 16 January, 2026

गैँडाको आक्रमणबाट कावासोतीमा एक जनाको मृत्यु

  • खबरदाता

गैँडाको आक्रमणबाट कावासोतीमा एक जनाको मृत्यु

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।

  • प्रकाशित मिति : कात्तिक २०, २०८१, मंगलवार १६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८