• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

  • खबरदाता

जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांकनुसार चार हजार २५० हेक्टरमा लगाइएको स्याउ खेतीबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।

जसमध्ये नौ हजार ३९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बसबाट एक हजार ६६० मेट्रिक टन, जिप र हाइसबाट ६६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ ।”

मालवाहक ट्रकबाट ६ हजार ९९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । ८३७ स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६० रुपैयाँमा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ । रासस

  • प्रकाशित मिति : कात्तिक १६, २०८१, शुक्रवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८