• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

  • खबरदाता

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनले बताए।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। उनीहरु भारतीय नागरिक नै हुन्। उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

  • प्रकाशित मिति : कात्तिक १५, २०८१, बिहीवार १०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८