• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

५ सय ७५ जना सहकारी ठग जेलमा छन्, हामी स्टण्टबाट टाढा छौँः प्रधानमन्त्री ओली

  • खबरदाता

५ सय ७५ जना सहकारी ठग जेलमा छन्, हामी स्टण्टबाट टाढा छौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा सहकारी ठगेका ५ सय ७५ जना ठगहरु जेल पुगिसकेका बताएका छन् ।

हामी स्टण्टबाट टाढा छौै, र जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने ओलीले दाबी गरेका छन् ।

यो सरकार गठन भएदेखि हामीमाथि विरोध सूरु भयो, सरकारको १०० दिने पुगेको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘सय दिन बल्ल सकियो, अब काम गर्ने अर्को सय दिन सूरु हुन्छ ।’

“हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,”, प्रधानमन्त्री ओलीले भने, “सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।”

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे ।

‘आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु, सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ’, प्रधानमन्त्रीले भने।

सहकारी बचत ठगी गर्नेहरुको संख्या बढिरहेको पनि प्रधानमन्त्रीले बताए । ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अगाडि बढेको छ, हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्रीले भने ।

ठगहरुलाई कारबाहीसँगै पीडितहरुको बचत रकम फिर्ता गराउने प्रक्रिया पनि अगाडि बढेको बताए।

‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्चा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइनेछ’, ओलीले भने ।

सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको ओलीले बताए ।

  • प्रकाशित मिति : कात्तिक ७, २०८१, बुधवार १५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८