• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै बेलुकी जाने

  • खबरदाता

सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै बेलुकी जाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

उनी शुक्रबार (आज) बेलुकी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा आईसीसी सीडब्लूसी लिग प्रतियोगितामा हुन गइरहेको छ ।

सोही प्रतियोगितामा सहभागी हुन लामिछाने अमेरिका जान लागेका हुन् । यसअघि अमेरिकाले लामिछानेलाई भिसा दिएको थिएन, जतिबेला उनीमाथि बलात्कारको मुद्दा अदालतमा चलिरहेको थियो । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि अमेरिकाले उनलाई भिसा दिएको हो ।

  • प्रकाशित मिति : कात्तिक २, २०८१, शुक्रवार १५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८