• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

प्रचण्डले बोलाए सर्वदलीय बैठक

  • खबरदाता

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्प कलम दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ।

यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको थियो ।

त्यस्तै बाढी पहिरो पीडितहरुको उद्धार तथा राहतको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि आइतबार दिउँसो १ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएका छन् ।

  • प्रकाशित मिति : असोज १३, २०८१, आइतवार ०५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८