• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो, गाडीको लामो जाम

  • खबरदाता

नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो, गाडीको लामो जाम

काठमाडौं– नागढुंगा(नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले हटाउन थालेको छ ।

लेदोसहितको पहिरो खस्दा दुई घण्टादेखि संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ।

यसैबीच काठमाडौंतर्फ नागढुङ्गा नजिकै फेरि अर्को पहिरो खसेको छ । नौबीसेको लेदोसहितको पहिरो हटाइरहेका बेला नागढुंगातर्फ अर्को पहिरो खसेको हो ।

उक्त पहिरोका कारण संघीय राजधानी छाड्ने र भित्रिने सवारीसाधनको अर्को जाम लागेको छ । नौबीसेबाट धादिङतर्फ पहिले नै लामो जाम छ । यता नागढुंगातर्फ पनि पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

नौबीसेको पहिरो हटाउन थालिएको भने नागढुंगातर्फको पहिरो हटाउन पनि सडक विभागले डोजर पठाउँदैछ ।

उता मुग्लिङ(नारायणगढ र पोखरा सडकखण्डको अवस्था भने सामान्य छ ।

  • प्रकाशित मिति : असोज ११, २०८१, शुक्रवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८