प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आएका टिप्पणीले फरक नपर्ने बताएका छन् । बुधबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
ूयत्रो संगठन छ, यत्रो पार्टी छ । फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गरेर बस्नुपर्ने अवस्था छैन,ू ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गरेर टिप्पणी गरेका हुन् । तर, उनले बालेनको नाम लिएनन् ।
केही दिनयता बालेनले प्रधानमन्त्री ओलीलक्षित स्टाटस राखेपछि सामाजिक सञ्जाल तातेको छ । सरकारकै संलग्नतामा आफ्नो एउटा फेसबुक स्टाटस हटाइएको संकेत गरेपछि बालेनका समर्थकहरूले ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८