• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुर्खेतबाट नारायणघाट आउदै गरेको बस दुर्घटना, २६ जना घाइते

  • खबरदाता

सुर्खेतबाट नारायणघाट आउदै गरेको  बस दुर्घटना, २६ जना घाइते

सुर्खेतबाट चितवनको नारायणघाटतर्फ आइहेको एउटा यात्रु बस कपिलवस्तुमा दुर्घटनाग्रस्त भएको छ ।

तीव्र गतिमा रहेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटनाग्रस्त हुँदा २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाट जाँदै गरेको बनकसबासामा दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २६ जना यात्रु घाइते भएको उनले बताएका छन् ।

सबै घाइतेहरूको कपिलवस्तुकै चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : भदौ १०, २०८१, सोमवार १७:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८