मुग्लिन नारायणगड सडक खण्डको सत्र किलोमा बसमाथी ढुंगा खसेको छ।
शुक्रवार दिउँसो २:५० बजेको समयमा रौतहटको गौरबाट पोखरा जादै गरेको ग २ ख ४७ न. को बस गुडिरहेको समयमा अचानक सडक माथिबाट ढुङगा खसेको प्रहरीले जनाएको छ।
ढुंगा खस्दा चालक आत्तिई बस आफै अनियन्त्रित भई सडकमा पल्टिदा घाइते हुनेको संख्या २५ पुगेको छ ।
घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ। घाइतेलाई चितवनको विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८