• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

आज २०८१ साल भदौ ६ गते बिहीबारको राशिफल

  • खबरदाता

आज २०८१ साल भदौ ६ गते बिहीबारको राशिफल

आज २०८१ साल भदौ ६ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २२ तारिख। भद्र कृष्ण पक्षको तृतीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – सामाजिक क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। बुद्धिको माध्ययमबाट समस्याको समाधान हुनेछ। बौद्धिक व्यक्तित्वको सुझावले मनमा उत्साह र उमंग बढ्ने योग छ। लगानी भए शिक्षा र स्वास्थ्यमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष – स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग उत्साहपूर्ण घुमघाम हुनेछ। विपक्षीको जालझेलबाट बच्न सचेत बन्नुपर्नेछ। स्वदेशमा लगानीका सम्भावना पत्ता लाग्नेछन्। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन – नयाँ समाचारले मन शान्त बन्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा नाफा हुनेछ। यात्रामा सफलता मिल्ने योग छ। परिवारबाट उचित सुझाव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट – पुराना साथीले असहयोग गर्ने देखिन्छ। नयाँ साथी भड्काउमा पर्दा तपाईंको मन अशान्त बन्नेछ। परिवारमासमेत तपाईंको विश्वास गुम्ने खतरा छ। अपरिचित व्यक्तिको साथ र सहयोग प्राप्त हुनसक्छ।

सिंह – राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीसँग घुम्ने अवसर प्राप्त हुनेछ। सम्पत्तिको पछाडि लाग्दा संस्कार बिर्सने खतरा देखिन्छ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम देखिन्छ।

कन्या – तपाईंविरुद्ध बोल्ने साथीहरु सक्रिय भएकाले आफ्नो काम गर्दा सचेत बन्दै काम गर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा झुकाव बढ्नेछ। लगानीका क्षेत्रमध्ये कृषिजन्य लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला – थालेको काम बिग्रिने खतरा छ। गुरुको सल्लाहमा काम गरे सफलता मिल्नेछ। कलाको प्रशंसा हुनेछ। तपाईंको प्रतिभाकै कारण राम्रो आम्दानी हुने योग छ। संकटमा परिवारको साथ मिल्ने योग छ।

वृश्चिक – विद्या र बुद्धिको माध्यमबाट हुने कामबाट उन्नति हुनेछ। तपाईंले विश्वास नगरेको मान्छेबाट उचित सल्लाह प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोग बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु – गुरुको सुझाव नमान्दा पश्चाताप हुनेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। आफन्त र बन्धुबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर – आध्य साढेसाती दशा रहेकाले मन उदास बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा लामो समयदेखि फसेको धन हात लाग्नेछ। संकटमा परिवारको सहयोग मिल्नेछ।

कुम्भ – शनि बक्र भए पनि चन्द्रमा पूर्ण दृष्टि रहेकाले आज तपाईंका केही काम सफल बन्नेछन्। पिपलको दर्शन मात्र गर्न सकेँ सफलता प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। आफन्तको सहयोगमा महत्त्वपूर्ण काम बन्ने दिन छ।

मीन – ग्रह अनुकुल छन्। दैनिक काम सहज र शान्त बन्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। कर्मचारी हुनुहुन्छ भने पदोन्नती हुनेछ। संस्कारको सुरुवात गरेमा दिन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

  • प्रकाशित मिति : भदौ ६, २०८१, बिहीवार ०५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८