• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नाग्दी खोलामा पहिरो खस्दा मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

  • खबरदाता

नाग्दी खोलामा पहिरो खस्दा मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

चितवन– पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनको भनाइ छ ।

नारायणगढ–मुग्लिन तथा मुग्लिङ–पोखरा सडक भने नियमितरूपमा सञ्चालनमा रहेको जनाइएको छ ।

 

  • प्रकाशित मिति : साउन २३, २०८१, बुधवार ०९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८