• वैशाख ३०, २०८२, मंगलवार Tuesday, 13 May, 2025

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • खबरदाता

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ गौतमको भनाइ छ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

 

  • प्रकाशित मिति : साउन १७, २०८१, बिहीवार ०६:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८