चितवनको भरतपुरमा कार र मोटरसाइकल ठक्कर खाँदा दुइ सैनिकको मृत्यु छ।
मृत्यु हुनेमा बिपत ब्यबस्थापन २ नम्बर गण रसौली ब्यारेकमा कार्यरत भानु – १२ तनहुँ बस्ने बर्ष २७ को सैनिक निगम नेपाली सार्की र तनहुंको बन्दिपुर – ३ बस्ने बर्ष २६ को दिनेश थापा रहेका छन।
चितवन प्रहरीका अनुसार मंगलबार बेलुका ७:२५ बजेको समयमा भरतपुर – १ पोखरा बसपार्क नजिकै रामनगर तर्फ जांदै गरेको बा.प्र.०१-०२८च ३२८९ नं. को कारमा बिपरित दिशाबाट आई रहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकलको लेगाडले लाग्दा मोटर साइकल अनियंत्रित भइ नजिकैको पर्खालमा ठोक्किए दुर्घटना भएको हो।
गम्भिर घाईते भई दुबै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । सार्कीको सोहि दिन ८ बजे र थापाको बुधबार १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक धादिङ धुनिबेसी – ७ बस्ने बर्ष ४२ को राजु भण्डारी र कार चितवन प्रहरीको नियन्त्रणमा रहि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८