काठमाडौं – हमासका राजनीतिक ब्यूरो प्रमुख इस्माइल हानिया ‘इजरायली कारबाही’मा मारिएका छन्। उनी इरानको राजधानी तेहरानमा मारिएका हुन्।
आफ्ना प्रमुख नेताको तेहरानमा हत्या भएको प्यालेस्टाइनी समूह हमासले बुधबार बिहान जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।
हानिया इरानी राष्ट्रपति मसुद पेजेस्कियानको मंगलबारको उद्घाटन समारोहमा भाग लिन तेहरान गएका थिए। युद्ध सुरु भएदेखि नै इजरायली हमलामा हानियाको परिवारका ६० भन्दा बढी सदस्य मारिएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८