• साउन ४, २०८२, आइतवार Sunday, 20 July, 2025

एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

  • खबरदाता

एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

झापा– झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल ३२ किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् ।

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल दुई सय ८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल दुई पाँच किलोमिटर सोलिङ र शून्य दशमलव तीन सय ५५ किलोमिटर सडक कालोपत्र गरेको छ ।

यस्तै, दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए ।

  • प्रकाशित मिति : साउन १३, २०८१, आइतवार ०७:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८