• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

महिला एशिया कप : आज भारतलाइ हराउनैपर्ने दवाबमा नेपाल

  • खबरदाता

महिला एशिया कप : आज भारतलाइ हराउनैपर्ने दवाबमा नेपाल

श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ।

एक-एक खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले दुइ खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ ।

एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा भारतलाई हराउनुपर्ने बाध्यता छ ।

समान अंक जोडेपनि नेपाल तेस्रो स्थानमा झरेकोले आफ्नो खेलको अतिरिक्त आजै हुने पाकिस्तान र युएईबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजको सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।

  • प्रकाशित मिति : साउन ८, २०८१, मंगलवार ०७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८